• २०८३ असार ३२
  • 2026 July 16, Thursday

बङ्गलादेशको मोडेलमा ज्ञानेन्द्रको योजना अनुसार आपराधिक क्रियाकलाप भयो : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत बङ्गलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको योजना अनुसार प्रसाईँद्वारा परिचालित गरिएका हुल्लडबाजहरूले काठमाडौंमा आपराधिक क्रियाकलाप गरेको बताएका छन् ।

आईतबार सामाजिक सञ्जालमार्फत उनले गत शुक्रबार काठमाडौंमा राजावादीहरुले गरेको उक्त आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाउन खोजिएको भन्दै यस्तो भ्रममा नेपाली जनता नपर्ने दाबी गरे ।उनले लेखेका छन्,‘बंग्लादेशको मोडेलमा सत्तापलट गर्ने पूर्व राजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ’जनकमाणडर’ तोकिएका दुर्गा प्रसाईद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको अपाधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई वोकाएर पानीमुनीको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरु । तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ ।

राजावादी र पूर्व पंचहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाई र उनका अनुचरलाई वोकाएर उम्कन खोजेको भए थोरैभएपनि विश्वास गर्थे होला नेपाली जनताले । घटना घटेको दिनसम्म राप्रपाको संस्थापनपक्षलाई लागेको त यस्तै थियो । तर निर्मल निवासको ’थ्रेट’का सामु उनीहरु निरही देखिए र भन्न थाले ’प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले ।आखो देखा सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भयो पूर्व पंचहरुको नियती ।’