• २०८३ असार ९
  • 2026 June 23, Tuesday

चैत्र मसान्तसम्म स्थानीय तहको अधिवेशन सक्ने जसपा नेपालको तयारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले चैत्र मसान्तसम्म स्थानीय तहअन्तर्गत वडा, पालिका र जिल्ला समितिहरुको अधिवेशन अधिवेशन सम्पन्न गर्ने भएको छ ।पालिका समितिको

जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुको समन्वयमा स्थानीय तहको अधिवशेन कार्यलाई तीव्रता दिइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।पार्टीको परिपत्रअनुसार स्थानीय तहको अधिवेशनपश्चात प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिको अधिवेशन गर्नुपर्ने छ ।

प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिको अधिवेशन बैशाख २५ गते भित्र र बैशाख मसान्तसम्म भ्रातृसङ्गठनको अधिवेशन गर्ने पार्टीको निर्णय भएको प्रमुख पूर्ण बस्नेतले बताए ।जसपा नेपालले ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को अवधिमा पार्टी प्रवेश कार्यक्रम, सदस्यता वितरण तथा नवीकरणलगायतका सङ्गठनात्मक गतिविधि बढेको पार्टीले जनाएको छ । पार्टीको अभियानलाई २०८२ बैशाख मसान्तसम्म जारी रहने बताइएको छ ।