• २०८३ असार ३२
  • 2026 July 16, Thursday

तीनकुने घट्नामा सरकार एक पक्षलाई दोषी देखाएर उम्कन पाउँदैैन् : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले तीनकुने घट्नामा सरकार एक पक्षलाई दोषी देखाएर उम्कन नपाउने बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले तीनकुने प्रदर्शनमा गृह प्रशासनले जम्मा चार हजार मान्छे आएको भनेको थियो भन्दै त्यो संख्या किन सम्हाल्न सकिएन भनेर सरकारमाथि प्रश्न गरेका हुन् ।

उनले भने, ‘चैत्र १५ गतेको घटनामा कुनै एउटा पक्षलाई दोष दिएर सरकार उम्किन पाउँदैन । प्रधानमन्त्रीज्यूले अघिल्लो दिन १०–१५ हजार मान्छे ओहोरदोहोर गरिरहन्छन् भन्नुभएको थियो । तर गृह प्रशासनले चार हजार मान्छे किन सम्हाल्न सकेन ? सविन महर्जनमाथि गोली लागेको थियो, उ ढुंगा हानिरहेको थिएन, उ हिँडेर फर्किरहेको बेलामा पछाडिबाट गोली हानिएको छ ।

भिडिओ अहिले छ्याप्छ्याप्ती छ । यसमा प्रश्न उठ्दैन ।’साथै उनले यस घटनामा उच्च स्तरीय छानविन आयोग गठन गर्नुपर्ने बताए । उनले पत्रकार सुरेश रजक पनि कोठाको कुनामा छलेर मृत्युवरण गर्न परेको भन्दै त्यसमा पनि शंका गर्ने यथेष्ट ठाउँ रहेको भन्दै सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।