• २०८३ असार ३२
  • 2026 July 16, Thursday

रारा बहुमुखी क्याम्पस मुगुको अध्यक्षमा नेविसंघ नेत्री जयलक्ष्मी विजयी

काठमाडौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत स्ववियु निर्वाचनमा रारा बहुमुखी क्याम्पस मुगुमा नेपाल बिद्यार्थीसंघ मुगुले अध्यक्ष पदमा जित हात पारेको छ ।जसमा नेविसंघले महिला नेत्री जयलक्ष्मी रावललाई अध्यक्ष पदको उमेदवार बनाएको थियो ।

चुनावी मैदानमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको साझेदारी थियो स्वतन्त्र उमेदवार र नेपाल बिद्यार्थीसंघ गरेर तिन धारका उमेदवार छुट्टाछुट्टै चुनावी मैदानमा उभिएका थिए ।चैत्र १८ गते सम्पन्न भएको स्ववियु निर्वाचनमा १७२ भोट् मध्य १४५ भोट खसेका थिए जसमा नेविसंघकि महिला नेत्री जयलक्ष्मी रावलले ७३ मत लिएर विजय भएकि थिएन ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीका साझा उमेदवार रविन्द्र मल्लले ४८ भोट प्राप्त गरेका थिए भने स्वतन्त्र तर्फका उमेदवार सुशील मल्लले १७ भोट प्राप्त गरेका थिए ।