• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

नेपाल शिक्षक महासंघको पुनः आन्दोलन सुरु

काठमाडौं । नेपाल शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरूले पुनः आन्दोलन सुरु गरेका छन् ।

बुधबार दिउँसो विभिन्न स्थानबाट शिक्षकहरु माइतीघर मण्डलामा भेला भई बिजुलीबजारसम्म दबाबमूलक याली निकालेका हुन् ।गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले आवधिक बढुवा हुनुपर्ने, शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने, निजामतीसरहको सेवा सुविधा दिइनुपर्ने, संवैधानिक शिक्षा आयोग व्यवस्था गरिनुपर्ने जस्ता माग राखेर काठमाडौं जाऔँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन सुरु गरेका हुन् ।

२०२८ को पञ्चायत कालकै ऐनमा शासित हुनुपरेको भन्दै नयाँ युग अनुसारको कानून चाहिएको महासंघको भनाइ छ । भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघरदेखि बानेश्वर सडक खण्डमा प्रदर्शनको कार्यक्रम रहेको महासंघले जनाएको छ ।