
काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदुषण खतरनाक तहमा छ ।
बुधबार विहान काठमाडौं विश्वकै वायु प्रदुषण सूचिको दोस्रो नम्बरमा रहेको छ । वायु गुणस्तर मापक (एक्यूआई) का अनुसार काठमाडौंको वायु अति अस्वस्थकर भन्दा माथि खतरनाक अवस्थामा पुगेको छ । सबैभन्दा बढी खतरनाक वायु प्रदूषण रवि भवनमा छ । त्यहाँको वायु प्रदुषण ८१२ एक्यूआई पुगेको छ ।
इराकको बगदाद सहर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ भने काठमाडौं दोस्रोमा छ । बगदादको वायु ४३१ एक्यूआई र काठमाडौंको ३४८ एक्यूआई रहेको छ । ३०१ भन्दा माथिको एक्यूआई अंकलाई खतरनाक वायु मानिन्छ ।
प्रदूषणको सूचिमा तेस्रोमा दिल्ली र चौथोमा लाहोर सहर छन् । दिल्ली अति अस्वस्थकर र लाहोर अस्वस्थकर सहरमा रहेको एक्यूआईले जनाएको छ । एक्यूआई २०१ देखि ३०० लाई अति अस्वस्थकर मानिन्छ । १५१ देखि २०० एक्यूआई अस्वस्थकर वायु हो ।