काठमाडौंको वायु प्रदूषण विश्वकै पहिलो नम्बरमा

काठमाडौं । काठमाडौंको वायु प्रदूषण अहिले विश्वकै पहिलो नम्बरमा पुगेको छ ।

वायु गुणस्तर मापन यन्त्र (एक्यूआई) का अनुसार काठमाडौंको वायुको स्तर ३०८ एक्यूआई पुगेको छ । विहानको भन्दा एक्यूआई स्तर घटेपनि विश्वकै प्रदूषित सहरको सूचिमा अग्रपङतीमा छ ।

केहिबेर अघि बगदाद सहर पहिलो स्थानमा रहँदा काठमाडौ दोस्रो स्थानमा थियो । बगदादको एक्यूआई ह्वात्तै घटेपछि काठमाडौं पहिलो स्थानमा पुगेको हो । काठमाडौंको वायु खतरनाक छ । ३०१ देखि माथिको अंक खतरनाक वायु हो । बागदादको एक्यूआई १८९ छ । यो विश्वकै दोस्रो वायु प्रदूषित सहर हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१