
काठमाडौं । विगत केहि दिनदेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ ।
अस्वस्थकर वायु प्रदूषणले बिरामी बढेका छन् भने दैनिकिमा असर पारेको छ । आइतबार बिहान १०ः५० मा विश्वकै प्रदूषित सहरको पहिलो स्थानमा काठमाडौं रहेको छ भने भारतको नयाँ दिल्ली दोस्रो स्थानमा छ ।
विश्व वायु गुणस्तर (एक्यूआई) को लाइभ तथ्याङ्कमा काठमाडौंको एक्यूआई २३३ छ भने भारतको दिल्लीको वायु २१४ एक्यूआई रहेको छ । २०१ देखि ३०० एक्यूआई अस्वस्थ्यकर वायुको गुणस्तर अन्र्तगत पर्छ ।
शुक्रबार, शनिबार र आइतबार काठमाडौं र दिल्ली पहिलो र दोस्रो स्थानमा रहँदै आएका छन् । कहिले काठमाडौं वायु प्रदूषणमा अगाडि जान्छ त कहिले काठमाडौं । आज बिहानभर दिल्ली पहिलो स्थानमा रहेको थियो भने साढे १० बजेदेखि काठमाडौं पहिलो स्थानमा रहेको छ ।
केहि दिनदेखी दिल्ली र काठमाडौंको आकाश खुल्न सकेको छैन । यस्तै तेस्रोमा भियतनामको हानोइ र चोथौमा पाकिस्तानको लाहोर प्रदूषित सहरको सूचिमा छन् । त्यहाँ वायुको गुणस्तर अस्वस्थकर छ ।