• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर, परिवारलाई घरमै पुगेर चेक हस्तान्तरण

काठमाडौँ । तीनकुने घटनामा परेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई भाटभटेनी सुपरमार्केटले जागिर दिने भएको छ। मंगलबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले यस्तो बताएका हुन् ।

भाटभटेनीले यसअघि नै तीनकुने घटनामा ज्यान गुमाएका मध्ये पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ र महर्जनको परिवारलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको थियो ।

अध्यक्ष गुरुङले आज दुवै परिवारलाई घरमै पुगेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । सो क्रममा उनले यो दुःखद समयमा साथ दिन आफू उपस्थित भएको बताएका थिए । राजावादी समूहले चैत १५ गते तीनकुनेमा गरेको हिंस्रक प्रदर्शनका क्रममा सविनको गोली लागेर मृत्यु भएको थियो भने सुरेशको आगोमा जलेर मृत्यु भएको थियो ।