काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।
बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि, समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको अधिवेशन, जनयात्रा कार्यक्रम लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
यस्तै, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको बारेमा पनि छलफल हुने जानकारी प्राप्त भएको छ ।