• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

नारायणी नदीमा डुबेका दुई बालबालिकाका शव गोताखोर टोलीले निकाले

काठमाडौँ । पूर्वी नवलपरासीको नारायणी नदीमा डुबेका दुई बालबालिकाका शव सशस्त्र प्रहरीको गोताखोर टोलीले बाहिर निकालेको छ ।

गैँडाकोट नगरपालिका-१ का १३ वर्षीय दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वपनिल सेर्पुञ्जा बुधवार मृत अवस्थामा फेला परेका छन्। चैत्र २६ गते साँझ नुहाउने क्रममा उक्त नदीमा डुबेर बेपत्ता भएका दुवै बालबालिकाको शवको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट गोताखोरसहितको टोली परिचालित गरिएको थियो।

टोलीका कमान्डर सशस्त्र प्रहरी सहायक निरीक्षक भूपबहादुर बुढाथोकी थिए। स्वपनिलको शव ३५ फिट गहिराइबाट बिहान ११ः३० बजे र दीक्षाको शव ५० फिट गहिराइबाट अपराह्न १२ः३० बजे निकालिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।