• २०८३ जेठ २२
  • 2026 June 05, Friday

दीपेन्द्रसिंह ऐरीको ऐतिहासिक कीर्तिमान : टी-२०आई क्रिकेटको दुर्लभ उपलब्धि

  • २०८१ चैत २८, बिहीबार १७:१७

कीर्तिमानी किङ , दीपेन्द्र सिंहले फेरि अर्को कृतिमान बनाएका छन्  । नेपालका स्टार लेगस्पिनरले पटक पटक कृतिमान बनाइ राख्ने  नेपालका स्टार लेगस्पिनर ऐरीले यस पटक भने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा धेरै खेलमा डग आउट अर्थात् धेरै इनिङ शून्यमा आउट नहुने खेलाडीको कीर्तिमान बनाएका छन् ।

बिहीबार कुवेतविरुद्ध भएको खेलमा दीपेन्द्रले लगातार ६६ टी-२० अन्तर्राष्ट्रिय इनिङमा ‘नट आउट’ रहने कीर्तिमान बनाएका छन् ।

यसअघि यो कीर्तिमान वेस्ट इन्डिजका मार्लोन स्यामुएल्सको नाममा थियो, जसले लगातार ६५ खेलमा ‘नट आउट’ इनिङ खेलेका थिए।

कुवेतविरुद्धको खेलमा दीपेन्द्रले १२ बलमा ३१ रनको विस्फोटक इनिङ खेल्दै नेपाललाई जिततर्फ लैजान महत्त्वपूर्ण भूमिका खेले।
यो बाहेक टी–२० क्रिकेटमा सबैभन्दा छिटो अर्ध शतक बनाउने कीर्तिमान पनि  ऐरीकै नाममा छ, उनले २०२३ को एसियाली खेलकुदमा मङ्गोलियाविरुद्ध मात्र ९ बलमा यो कृतिमान हासिल गरेका थिए ।

यसका साथै  ऐरी टी–२० अन्तर्राष्ट्रिय खेलको एकै ओभरमा लगातार छ छक्का प्रहार गर्ने विश्वकै तेस्रो खेलाडी पनि हुन् ।
उनको नाममा एउटा खेलमा सर्वाधिक स्ट्राइक रेटको रेकर्ड पनि रहेको छ । एरीले नेपालका लागि ६० ओडिआई र ७६ टी-२० खेल खेलेका छन् ।

  • २०८१ चैत २८, बिहीबार १७:१७