• २०८३ असार ८
  • 2026 June 22, Monday

दुर्गा प्रसाईंलाई विमानमा चढाइयो, काठमाडौंतर्फ ल्याइँदै

काठमाडौ। दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई काठमाडौं ल्याउन विमान चढाइयो।उनीहरुलाई झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याउनका लागि तयारी गरिएको हो।

प्रहरी स्रोतका अनुसार, दुबैजनाले प्लेन चढिसकेका छन् र केही समयपछि उनीहरू काठमाडौं पुग्नेछन्। उनीहरुलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ।प्रसाईं विहीबार भारतको आसाम राज्यमा फेला परेका थिए। उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो।

प्रसाईं १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका मुख्य कमाण्डर थिए। उनका नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो। सो घटनापछि प्रसाईं फरार भएर भारत पुगेका थिए। यसअघि, प्रसाईं हतियारसहित सर्वोच्च अदालत परिसरमा प्रवेश गर्ने प्रयासमा पक्राउ परेका थिए।