• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

तीनकुने घटनामा ज्ञानेन्द्रलाई उत्तरदायित्व जिम्मेवारी

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनु पर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानुनी, न्याय र मानवअधिकार समितिको बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति र त्यसको पृष्ठभूमिमा तीनकुने घटनाको उल्लेख गरे।

गत चैत १५ गतेको राजावादी प्रदर्शनमा दुई जनाको ज्यान गएको र निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो।”त्यो घटनाको अनुसन्धानमा पूर्वराजालाई पनि कुनै न कुनै रूपमा जवाफदेही बनाउनु पर्छ,” बर्तौलाले भने, “उहाँलाई पनि प्रश्नको दायरामा ल्याउनुपर्छ।”शुक्रबारको समितिको बैठकमा गृहमन्त्री रमेश लेखकसहित सुरक्षा निकायका अधिकारीहरू पनि सहभागी थिए।