• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

पूर्वराजालाई संसदीय समितिमा बोलाउने कांग्रेस सांसदको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोलाएर १५ चैतको घटनाबारे छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन्।

गृहमन्त्री रमेश लेखकको उपस्थितिमा बसेको समितिको बैठकमा सांसद परियारले सो घटना पूर्वराजासँग सम्बन्धित छ कि छैन भन्नेबारे स्पष्ट गर्न शाहलाई समितिमा उपस्थित गराइनुपर्ने बताएका हुन्।

‘१५ गतेको घटना उहाँसँग सम्बन्धित छ कि छैन ? यो समितिमा बोलाउँ, पूर्वराजा ज्ञानेन्द्रलाई। यो मानवअधिकार उल्लङ्घनको घटना हो कि होइन ? एउटा नागरिकको हैसियतले तपाईँले यस्तो गर्न पाउनुहुन्छ ? यस विषयमा छलफल आवश्यक छ,’ परियारले बैठकमा भने।

उनले पूर्वराजा ज्ञानेन्द्र हाल सामान्य नागरिक भएको उल्लेख गर्दै कसैलाई पनि अराजक र अमानवीय व्यवहार गर्ने छुट नभएको स्पष्ट पारे।‘संविधानको नजरमा सबै बराबर छन्। सामान्य नागरिकले पाउने मानवअधिकारजति नै अधिकार उहाँलाई पनि छ, त्योभन्दा बढी होइन,’ उनले थपे।