काठमाडौ। तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका ६ जनालाई हाजिर जमानीमा रिहा गर्न प्रक्रिया अघि बढाइएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका स्रोतअनुसार, सरकारी वकिल कार्यालयको सहमति पछि यी ६ जनालाई हाजिर जमानीमा छाडिने भएको हो।
पक्राउ परेकाहरूमध्ये भाटभटेनीमा तोडफोडका क्रममा भुइंमा परेको स्याउ र सुन्तला टिप्नेहरूको रूपमा चिनिएका छन्। “सामान्य अवस्थामा, भुइंमा परेको एक-दुई दाना स्याउ र सुन्तला टिप्ने व्यक्तिहरूलाई रिहा गर्न लागिएको हो,” परिसर स्रोतले भने।प्रक्रियामा रहेका यी व्यक्तिहरूको नाम भने अहिले खुलाइएको छैन।
हाजिर जमानीमा रिहा गर्नका लागि प्रहरीले सरकारी वकिलसँग परामर्श गरेपछि अनुमति प्राप्त भएको बताइएको छ। त्यसपछि, आजै उनीहरूलाई रिहा गर्ने तयारी गरिएको छ।यो घटनामा अहिलेसम्म ८० जना पक्राउ परेर म्याद थपेर हिरासतमा राखिएका छन्। ६ जनाको रिहा पछि, अहिले ७४ जना प्रहरी हिरासतमा रहनेछन्।