पत्रकारमाथि थुनामा पार्ने कानुनी व्यवस्था अस्वीकार्य : युनियन अध्यक्ष लम्साल

काठमाडौ। नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समाचार लेखेकै कारण पत्रकारलाई थुन्ने कानुनी प्रावधान अस्वीकार्य रहेको बताएका छन्।

फेडेरेसन अफ नेपाली जर्नालिस्ट्स (फोनिज) को लुम्बिनीमा आजदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष लम्सालले भने, “पत्रकारलाई समाचार लेखेको आधारमा थुन्ने प्रयासहरु भइरहेको छ, जुन पूर्ण रूपमा अस्वीकार्य छ।”यसैगरी, उनले नेपालमा मिडियामा समावेशिता पर्याप्त रूपमा स्थापना नहलेको र साना मिडिया तथा स्वरोजगारमुखी सञ्चार प्रतिष्ठानहरू बन्द हुने अवस्थामा पुगेको कुरा पनि औंल्याए।

न्यू मिडियासँग सम्बन्धित वर्तमान चुनौतीलाई व्यवस्थित गर्न आवश्यक भएको बताएसँगै लम्सालले भने, “सामाजिक सञ्जाल र न्यू मिडियाको विस्तारसँगै आएका चुनौतीहरूको व्यवस्थापनका लागि नीतिगत कार्यहरू गर्नुपर्नेछ, तर प्रेस स्वतन्त्रता सीमित गर्ने प्रकारका कानूनी प्रावधानहरू नबनाउनुपर्छ।” उनले आगामी समयको लागि सरकारको प्रस्तावित आमसञ्चार विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयकले पत्रकारलाई स्वतन्त्र रूपमा कार्य गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१