नयाँ वर्षमा नयाँ सरकार बन्ने प्रचण्डको संकेत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन् ।

आइतबार चितवनमा पत्रकार भेटघाटमा प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले नयाँ अनुभवका आधारमा यो कुरा गरेको बताए ।

नयाँ वर्षमा नयाँ सरकारको सम्भावनाबारे पत्रकारहरुले सोधेको प्रश्नमा प्रचण्डले भने, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ ।’

उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरु पनि सडकमा आउने सम्भावना रहेको बताएका छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१