
काठमाडौं । नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको जनजागरण सभाको खर्च सार्वजनिक गरिएको छ ।
प्रदेश स्तरिय गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको जनजागरण सभामा १२ लाख ६५ हजार खर्च भएको एमालेले जनाएको छ । झापामा पत्रकार सम्मेलन गरेर एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राईले जनजागरण सभाको खर्च सार्वजनिक गरे ।
मञ्च र साउण्डका लागि ४ लाख रुपैँया, स्वंमसेवक परिचालनका लागि ३ लाख रुपैँया, झण्डा, ब्यानर र पर्चाका लागि १ लाख रुपैयाँ खर्च भएको बताएका छन् । जनजागरण सभामा झाँकीका लागि ३५ हजार रुपैँया, प्रचार प्रसारका लागि १ लाख २० हजार रुपैँया र विविध गरेर १ लाख रुपैँया खर्च भएको उनको भनाई छ ।
एमाले कोशीले शनिबार झापाको दमकमा जनजागरण सभा गरेको थियो । सभामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा लगायतले सम्बोधन गरेका थिए ।