• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

काभ्रेको टिपर दुर्घटनामा चालकको मृत्यु

काठमाडौ। मण्डनदेउपुर नगरपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

वडानम्बर-२ ठकुरी गाउँमा निर्माणाधीन मिस्टिक माउन्टेन होटलको परिसरमा बालुवा झार्ने क्रममा ना.२ ख २४६४ नम्बरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा सोही ठाउँका ३१ वर्षीय चालक विनोद घोरासैनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको सूचना अधिकारी प्रहरी नायव निरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।