• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

युवालाई लोकतन्त्रप्रति जागरूक बनाउन एमालेले ‘युथ सेलिब्रेशन’ कार्यक्रम गर्ने

काठमाडौँ । नेकपा एमालेले वैशाख ११ गते ‘युथ सेलिब्रेशन’ कार्यक्रम आयोजना गर्ने भएको छ। युवाहरुलाई लोकतन्त्र, स्वतन्त्रता, खुलापन र गणतन्त्रको महत्त्व बुझाउन काठमाडौँमा भव्य कार्यक्रम गरिने भएको हो।

राजतन्त्र अन्त्य भएको ऐतिहासिक दिनको अवसर पारेर कार्यक्रम गर्न लागिएको एमालेले जनाएको छ। सोमबार बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले वैशाख ११ लाई “जनताले जितेको दिन” भन्दै त्यसलाई स्मरणीय बनाउन ‘युथ सेलिब्रेशन’ गरिने जानकारी दिए।

उनका अनुसार, २०६२/६३ को आन्दोलन सफल भएको, निरंकुश राजतन्त्रको अन्त्य भएको र लोकतन्त्र स्थापनाको आधार तयार भएको दिनका रूपमा यस दिनलाई उत्सवको रूपमा मनाउने निर्णय गरिएको हो।