• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक वैशाख १२ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा उक्त मितिमा संसद्को बैठक बोलाएका हुन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी बजेट अधिवेशनका लागि संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

यसअघि गत १८ माघमा सुरु भएको हिउँदे अधिवेशन राष्ट्रपति पौडेलले चैत १९ गते अन्त्य गरेका थिए। अहिले आह्वान गरिएको अधिवेशन चालू आर्थिक वर्षको अन्तिम तथा आगामी वर्षको बजेट प्रस्तुत गरिने अधिवेशन हुनेछ।