• २०८३ असार ८
  • 2026 June 22, Monday

रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिन लागेकी छन्। बिहीबार बस्ने पार्टीको बैठकअघि उनले सचिवालयमा राजीनामाबारे जानकारी गराउने तयारी गरेकी हुन्।

रास्वपाका एक स्रोतका अनुसार श्रेष्ठले यसअघि चैत १७ गते नै राजीनामा दिन चाहेको बताएका थिए।

संयोगवश, त्यही मितिमा रवि लामिछाने पुनः पार्टी सभापतिको जिम्मेवारीमा फर्किएका थिए। हाल लामिछाने सहकारी प्रकरणमा कारागारमा छन् भने श्रेष्ठले यति बेला आफ्नो राजीनामा सार्वजनिक गर्ने तयारी गरेकी छन्।

केही समयभित्रै उनले पार्टीको आन्तरिक संवाद समूहमा औपचारिक जानकारी गराउने बताइएको छ।

श्रेष्ठले आफ्नो राजीनामाको कुरा सही भएको स्वीकार गरेकी छन्, तर विस्तृत धारणा भने पार्टीभित्र राख्ने बताएकी छन्।