• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

बागमतीका मेयर थापाविरुद्धको मुद्दामा आज पुनः सुनुवाइ हुँदै

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा आज तेस्रो दिन पनि विशेष अदालतमा सुनुवाइ हुँदैछ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई तथा विदुर कोइरालाको संयुक्त इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ। मंगलबार र बुधबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

आजको सुनुवाइमा थापाका कानुनी प्रतिनिधि र सरकारी वकिलबीच बहस हुने छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापाविरुद्ध २०८० चैत २८ र २०८१ जेठ २९ गते दुईवटा फरक अभियोगपत्र दायर गरेको थियो। आयोगले थापामाथि ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो।