• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

फेरि बढ्यो काठमाडौँको हावाको प्रदूषण स्तर

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर फेरि उच्च बनेको छ। पछिल्लो मापनअनुसार काठमाडौँ विश्वकै दोस्रो सबैभन्दा प्रदूषित सहरको सूचीमा परेको छ।

अन्तर्राष्ट्रिय संस्था ‘आईक्यु एयर’का अनुसार बिहीबार बिहान ११ः२५ बजे काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) १६१ मापन गरिएको छ। यसले काठमाडौँलाई स्वास्थ्यका दृष्टिकोणले ‘अस्वस्थकर’ मानिने वायु गुणस्तरको श्रेणीमा राखेको छ।प्रदूषणको सूचीमा पहिलो स्थानमा रहेको बङ्गलादेशको राजधानी ढाकाको AQI १६९ रहेको छ।

नेपाल सरकारद्वारा स्वीकृत वायु गुणस्तर सूचकांकअनुसार:

०–५० : राम्रो

५१–१०० : मध्यम

१०१–१५० : संवेदनशील समूहका लागि अस्वस्थ

१५१–२०० : अस्वस्थ

२०१–३०० : निकै अस्वस्थ

३०१ माथि : खतरनाक

यस आधारमा हाल काठमाडौँको वायु अवस्था सर्वसाधारणका लागि अस्वस्थ मानिन्छ। विशेषज्ञहरूका अनुसार यस्तो अवस्थामा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू अझ बढी जोखिममा पर्न सक्छन्।