• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

कांग्रेसले भनेको छ— प्रचण्डको भनाइको आधारमा सरकार बन्न र ढल्न हुँदैन

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको भनाइको आधारमा सरकार बन्न र ढल्न नहुने बताएका छन्।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले यस्तो बताएका हुन्। महतले भने, “प्रमुख प्रतिपक्षी दलको धर्म भनेको सरकारको विरोध गर्नु हो, त्यसैले प्रचण्डको भनाइमा कुनै टिप्पणी गर्ने आवश्यक्ता छैन।

उहाँको भनाइको आधारमा सरकार बन्न र ढल्न हुँदैन।”त्यसैगरी, महतले गठबन्धन सरकारको सन्दर्भमा भने, “गठबन्धन सरकार भन्नासाथ सबै कुरा एउटै दलको निर्णयको आधारमा हुँदैन। समन्वयको आवश्यकता छ। सबै दलहरूको विचार समेट्नुपर्छ, र नियुक्तिका मामिलामा पनि सन्तुलन आवश्यक छ। डेलिभरीमा हामी अडिग छौं,” भने।