रामबहादुर बम्जनलाई सफाइ प्राप्त

काठमाडौं। उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपमा रामबहादुर बम्जनलाई सफाइ दिएको छ।

जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो।इजलासले ६ चैत, २०८० मा रामबहादुरसँगै बाल यौन दुराचारको आरोपमा संलग्न भएका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको छ।

यी दुवैले पनि जिल्ला अदालत सर्लाहीबाट सफाइ पाएका थिए।यसअघि, जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा रामबहादुरलाई १० वर्षको कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१