• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सर्वोच्च अदालतको आदेश – ४ भुटानी शरणार्थीलाई देश निकाला नगर्नुहोस्

काठमाडौं । सर्वोच्च अदालतले भुटानबाट नेपाल पठाइएका चार शरणार्थीलाई देश निकाला नगर्न सरकारलाई आदेश दिएको छ।

न्यायाधीश हरि फुयालको इजलासले झापामा पक्राउ परेका ती चार शरणार्थीलाई नेपालबाट निकाला नगर्न आदेश जारी गरेको हो। चारमध्ये एकजनाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए।

निवेदनमाथि प्रारम्भिक सुनुवाईपछि सर्वोच्च अदालतले यो आदेश जारी गरेको हो। आदेशको विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन।