• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

पत्रकार हुँ’ भनेर धम्की दिने एक व्यक्ति पक्राउ

काठमाडौं । आफूलाई पत्रकार बताउँदै व्यापारीलाई धम्की दिएर रकम असुलेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। बाराको प्रसौनी गाउँपालिकाबाट पक्राउ परेका उनी पर्सा वीरगञ्ज महानगरपालिका–१० निवासी ४५ वर्षीय विष्णु सर्राफ हुन्।

जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी विजयराज पण्डितका अनुसार सर्राफले व्यापारीलाई धम्क्याउँदै रकम असुलेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। हाल उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।