
काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लामा नपर्न सबैलाई आग्रह गरेका छन्।
चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै उनले नयाँ वर्षको दिन माओवादी केन्द्रका अध्यक्षले चितवनबाटै सरकार परिवर्तन हुने अभिव्यक्तिको जवाफ दिएका हुन्।
“यो सरकार स्थिर छ, देशमा स्थायित्व स्थापित हुनेछ,” प्रधानमन्त्री ओलीले भने, “नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पुराना, ठूला र इतिहास बोकेका पार्टीहरू किन एउटै ठाउँमा आए? हामी देशमा स्थायित्व र विकास कायम गर्न साझा प्रयासका लागि एकजुट भएका हौं।”
प्रधानमन्त्री ओलीले अहिलेको सरकारले नै देशलाई समृद्धि र सुशासनतर्फ डोयाउने दाबी गरे। साथै, उनले नागरिकहरूलाई हल्लाको पछि नलागी ढुक्क भएर देशको विकासमा जुट्न आग्रह गरे।उनले चितवनको पर्यटन विकासमा इच्छाकामना गाउँपालिकाले ठूलो भूमिका खेल्न सक्ने भन्दै केन्द्र र प्रदेश सरकारले यहाँको समग्र विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।