• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

ओली नेतृत्वको सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ: उपप्रधानमन्त्री सिंह

काठमाडौ। उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको जीवन सहज बनाउन महत्वपूर्ण काम गरिरहेको बताएका छन्।

इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले जनताको दुःखलाई सुखमा परिणत गर्न सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए।

सिंहले स्थानीय तहका जनप्रतिनिधिलाई सुझाव दिँदै भने, “लामो समयपछि जनताले प्राप्त गरेको अधिकारको महत्व बुझेर त्यसैको आधारमा काम गर्नुपर्छ।” साथै, उनले नेपाल अहिले प्रगतिको मार्गमा अघि बढिरहेको र समृद्धिको दिशामा अग्रसर रहेको उल्लेख गरे।