• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरको रिहा प्रक्रिया सुरु

काठमाडौँ। तीनकुने घटनासँग सम्बन्धित मुद्दामा पक्राउ परेका धवलशमशेर जबरालाई रिहा गर्ने तयारी थालिएको छ। स्रोतका अनुसार, आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनको रिहा प्रक्रिया अगाडि बढाइएको हो।

प्रहरीले उनलाई सोधपुछपछि मुद्दा कमजोर देखिएको निष्कर्षसहित रिहाको प्रक्रिया अघि बढाएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भने जारी रहेको जनाइएको छ।