राप्रपाको आन्दोलनमा अराजकता: हुलाक सञ्चारकर्मीमाथि दूर्व्यवहार

काठमाडौं । राप्रपाकाे विरोध प्रदर्शनका क्रममा आन्दोलनकारीहरु अराजक बनेर पत्रकारमाथि दूर्व्यवहार गरेका छन् ।

आइतबार आन्दोलनरत समूहले सरकारको विरोधमा आयोजना गरेको प्रदर्शनलाई विभिन्न सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरिरहेका थिए । यत्तिकैमा केही आन्दोलनकारी अराजक बनेर पत्रकारमाथि जाइलागेका हुन् ।

हुलाक सञ्चारका पत्रकारद्वय अशाेक सापकाेटा र नरेश मिजारमाथि उनीहरु जाइलागेका हुन् । राप्रपा सांसद उद्वव थापाकाे बाइट लिने क्रममा आन्दाेलनकारीहरु उनीहरुमाथि जाइलागेका हुन् । उनीहरु बिनाकारण नै निष्पक्ष पत्रकारितामाथि प्रश्न उठाएर पत्रकारमाथि जाइलागेका हुन् ।

पत्रकारहरूले भने आफूहरू स्वतन्त्र र निष्पक्ष रिपोर्टिङको प्रयासमा रहेको बताइरहेका थिए । यस्ताे अवस्थामा आन्दोलनकारीको व्यवहार असहयोगी अभद्र प्रष्ट देखिएकाे छ ।

पछिल्ला दिनमा सरकारविरुद्ध भइरहेका आन्दोलनहरूमा पत्रकारहरूमाथि दुर्व्यवहारका घटनाहरू बढिरहेकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१