गभर्नर विवादसम्बन्धी रिट तेस्रो दिन पनि हेर्न नभ्याइने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको उमेरसम्बन्धी योग्यता संशोधन कार्यान्वयन नगर्न माग गरिएको रिट र कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नरमा नियुक्त नगर्न मागसहित दायर पूरक निवेदनमा सोमबार पनि सुनुवाइ हुन सकेन।

अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले सर्वोच्च अदालतमा दायर गरेको उक्त रिटमाथि सुनुवाइका लागि न्यायाधीश महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको थियो। तर आज पनि उक्त मुद्दा हेर्न नभ्याइने सूचिमा परेको हो।

रिट र पूरक निवेदनमाथि आइतबार ४० औँ, सोमबार १३ औँ र आज १७ औँ नम्बरमा पेशी तोकिएको थियो, तर अहिलेसम्म सुनुवाइ हुन सकेको छैन।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१