• २०८३ असार ८
  • 2026 June 22, Monday

कर्मचारी ट्रेड युनियनको प्रश्न : किन चाहियो अतिरिक्त सचिव ?

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले अतिरिक्त सचिव पदको आवश्यकता बारे प्रस्ट स्पष्टीकरण दिन माग गरेको छ।मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै युनियनका नेताहरूले उक्त पद किन आवश्यक छ भन्ने प्रश्न उठाएका हुन्।

“अतिरिक्त सचिव किन चाहियो?” भन्दै निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारीले प्रश्न गरे। उनले सो पद आवश्यक छ कि छैन भन्ने विषयमा अहिले पनि छलफल चलिरहेको उल्लेख गर्दै भने, “यदि राख्नै हो भने पनि अवधि नतोकी कसरी राख्ने?”बैठकमा बोल्दै नेपाल निजामती कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष उत्तम कटुवालले ट्रेड युनियनको संरचना यथावत् राख्नुपर्नेमा जोड दिए।

आफूहरूको मागबारे समिति जानकार रहेको भन्दै उनले “आन्दोलनमा जानुपर्ने स्थिति नल्याउन” आग्रह गरे।नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले कर्मचारीमैत्री निजामती ऐन आवश्यक रहेको बताए। निजामती कर्मचारीसम्बन्धी विधेयक हाल राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन अवस्थामा रहेको छ।