• २०८३ असार ८
  • 2026 June 22, Monday

मन्त्रीदेखि सचिवसँग विवाद भएपछि ऊर्जा राज्यमन्त्रीकाे पद चैट् !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङलाई लिएर ऊर्जामन्त्री दीपक खड्कासँग सुरू भएको द्वन्द्व बढ्दै गएपछि तामाङ बर्खास्तीमा परेका हुन् ।

ऊर्जा सचिव सुरेश आचार्यसँग पनि उनको तनाव थियो । आफ्नो कार्यक्रममा उपस्थित नभएको भन्दै उनले ऊर्जा सचिव आचार्यलाई स्पष्टीकरण सोधेका थिए ।

मन्त्रीदेखि सचिवसहितसँग टसल देखिएपछि गृहमन्त्री रमेश लेखकले तामाङलाई राजीनामा दिन सुझाएका थिए । तर, तामाङले राजीनामा नदिने अडान लिँदा प्रधानमन्त्रीले बर्खास्त गरेका हुन् ।