• २०८३ असार ८
  • 2026 June 22, Monday

संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीको सम्बोधन हुने

काठमाडौं ।संघीय संसद्‌को नयाँ अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ।

सभामुख देवराज घिमिरेद्वारा बोलाइएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा पहिलो बैठकका कार्यक्रमबारे छलफल भएको हो।

बैठकमा संसद्‌को सुरुवात प्रधानमन्त्रीको सम्बोधनबाट हुने सहमति जुटेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल प्रेसलाई जानकारी दिए।कार्यसूचीअनुसार प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक अवस्था, सरकारका प्राथमिकता र आगामी योजना समेटेर सम्बोधन गर्ने बताइएको छ।