• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

रघुजी पन्तले आज शिक्षामन्त्रीको शपथ लिदै

काठमाडौं ।नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई बुधबार मन्त्रीमा नियुक्त गरेका थिए।शपथ ग्रहण समारोह आज शीतल निवासमा आयोजना हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद पन्त समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा पुगेका हुन्। शिक्षा मन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी पन्तलाई दिइएको हो।