• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

एमाले नेतृत्व र ममाथि भएको आक्रमणलाई अझ उत्कृष्ट कामबाटै परास्त गर्छु : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफू, नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेका आक्रमणलाई अझ उत्कृष्ट काम गरेर परास्त गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंको भृकुटिमण्डपमा आयोजित युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

डंगोलले पछिल्ला दिनमा आफूलाई लक्षित गरी गरिएका टिप्पणी र आलोचनाहरूलाई सकारात्मक रूपमा लिएको पनि बताइन् ।

उनले देश बनाउनका लागि स्टन्ट गर्न नहुने पनि बताइन् ।

‘अहिले हामी देख्छौं, धेरै जना स्टन्ट गर्नुहुन्छ । बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ । अनि पपुलर बनेर मात्रै देश बन्छ जस्तो पनि गर्नुहुन्छ । तर, स्टन्ट गरेर देश बन्दैन,’ डंगोलले भनिन्, ‘स्टन्ट गरेर देश बन्दैन । स्टन्ट गरेर देश बन्छ ? देश बनाउने हो भने स्टन्ट गर्ने होइन, काम गर्ने युवा बनौं ।’