• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

काठमाडौं ।नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन्।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।

राष्ट्रपति पौडेलले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई मन्त्री नियुक्त गरेका थिए। पूर्व शिक्षामन्त्री विद्या भट्टराईले ८ वैशाखमा मन्त्री पदबाट राजीनामा दिएको थियो। पन्त एमालेका समानुपातिक सांसद हुन्।