• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

भारत–पाकिस्तानको नियन्त्रण रेखा आसपास दोहोरो गोलीबारी

काठमाडौं । जम्मु–कश्मीरको नियन्त्रण रेखा (एलओसी) नजिकका केही क्षेत्रमा पाकिस्तानी सेनाले गोलीबारी गरेको आरोप भारतीय पक्षले लगाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सो गोलीबारीको जवाफ भारतीय सेनाले पनि दिएको बताइएको छ। यद्यपि, यस घटनाबाट कुनै क्षति भएको हो या होइन भन्नेबारे स्पष्ट विवरण आइसकेको छैन।भारतले पाकिस्तानसँग सिमाना जोडिएको क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ।

भारत–नियन्त्रित जम्मु–कश्मीरको पहलगाममा मंगलबार दिउँसो पर्यटक लक्षित आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएपछि सीमा क्षेत्रमा सैनिक अपरेसन तीव्र पारिएको हो।यसै सन्दर्भमा पाकिस्तानी भूमिबाट साना हतियार प्रयोग गरी गोली प्रहार गरिएको भारतीय मिडिया हिन्दुस्तान टाइम्स ले जनाएको छ।