• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन नगर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा हुने भनिएको सम्बोधन स्थगित गरेका छन्। बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीको सम्बोधनको कार्यक्रम तय गरिएको थियो, तर अन्तिम समयमा यो कार्यक्रम स्थगित भएको हो।

अधिवेशनको पहिलो दिन विभिन्न राजनीतिक दलका नेताहरू दलीय आधारमा बोल्ने कार्यक्रम छ, तर प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएका छन्, जसका कारण प्रधानमन्त्री ओलीको सम्बोधन रोकिएको हो।

विपक्षी नेता प्रचण्ड यतिबेला गोरखा भ्रमणमा रहेका छन् भने, कांग्रेसका नेता देउवा थाइल्याण्ड भ्रमणमा रहेका छन्। यद्यपि, देउवा आजै फर्किने भए पनि सदनमा उपस्थित हुन नसक्ने भएका कारण ओलीले आज सम्बोधन नगर्ने निर्णय गरेका हुन्।