काठमाडौँ । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पको १० वर्ष स्मरण गरिरहँदा सिन्धुपाल्चोकमा आज पुनः भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ११:५३ बजे सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.८ म्याग्निच्युडको भूकम्पले करिब ९ हजारको ज्यान लिएको थियो, जसमा सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक थियो।आजको भूकम्पको धक्का सिन्धुपाल्चोकसहित वरपरका जिल्लामा पनि महसुस गरिएको भए पनि कुनै क्षति नभएको केन्द्रले जनाएको छ।