• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

गठबन्धनमा कुनै समस्या छैन, सरकार टिक्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको स्पष्ट पारेका छन्। उनले सरकार टिक्नेमा आफू विश्वस्त रहेको बताएका छन्।

शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै देउवाले भने, “गठबन्धन जसरी पनि टिक्छ, केही भएको छैन।”

सत्ता समीकरण परिवर्तनको चर्चा तीव्र भइरहेका बेला देउवाले आफूलाई त्यसबारे जानकारी नभएको दाबी गरे। “सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो, मलाई थाहा छैन,” उनले भने।देउवाको यस्तो प्रष्टिकरणसँगै सरकारको स्थायित्वबारे चलिरहेको अनिश्चितता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।