• २०८३ असार ८
  • 2026 June 22, Monday

वार्ताका लागि आन्दोलनरत २५ शिक्षक नेता सिंहदरबारमा

काठमाडौँ । सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू छलफलमा सहभागी हुन शुक्रवार दिउँसो सिंहदरबार पुगेका छन्। गत चैत २० गतेदेखि आन्दोलनमा रहेका शिक्षकहरूलाई शिक्षामन्त्री र सचिवले छुट्टाछुट्टै रूपमा वार्ताका लागि निमन्त्रणा गरेका थिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र मन्त्रालयका सचिव डा. दीपक काफ्लेले शुक्रवार वार्ताका लागि औपचारिक आह्वान गरेका थिए। त्यसपछि नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा महासंघका २५ जना प्रतिनिधिहरू सिंहदरबार पुगेका हुन्।

महासंघका महासचिव तुला थापाका अनुसार सरकारको आह्वानपछि महासंघले आन्तरिक छलफल गरी वार्तामा सहभागी हुने निर्णय गरेको हो। सहमति पछि मन्त्रालयले २५ जना शिक्षक नेताहरूका लागि सिंहदरबार प्रवेशका लागि आवश्यक गेटपासको व्यवस्था मिलाएको थियो।सरकार र शिक्षक महासंघबीच शिक्षा विधेयकलगायतका विषयमा वार्ता केन्द्रित हुने अनुमान गरिएको छ।