• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

लिङ्देनलाई कांग्रेसको चुनौती : कुन सहमहामन्त्रीको छोराले रक्सी बोकेको प्रमाणित गर

  • २०८२ वैशाख १४, आइतबार ११:२७

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्ष्य गर्दै भाटभटेनीबाट कुन सहमहामन्त्रीको कुन छोराले रक्सीको बोत्तल बोकेर हिँडेको हो प्रमाणित गर्न माग गरेका छन्।

सचेतक श्यामकुमार घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई कडा चुनौती दिदैँ प्रमाण सहित प्रस्तुत हुन भनेका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा घिमिरेले लिङ्देनलाई लक्षित गर्दै भाटभटेनी प्रकरणमा बोलेको आरोप प्रमाणित गर्न वा क्षमायाचना गर्न माग गरेका छन्।

लिङ्देनले वैशाख १२ गतेको संसद बैठकमा कांग्रेसका सहमहामन्त्रीको छोरा भाटभटेनीको सामान लुटपाटमा संलग्न भएको र प्रहरीले पक्राउ गरेर छोडेको दाबी गरेका थिए।

सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै घिमिरेले भने, ‘कांग्रेसमा आठ जना सहमहामन्त्री हुनुहुन्छ, कुन सहमहामन्त्रीको कुन छोराले रक्सीको बोत्तल बोकेर हिँड्नुभयो प्रमाणित गर्नुहोस्।
नभए क्षमायाचना गर्नुहोस् र संसदको रेकर्डबाट पनि हटाउनुहोस्।’

  • २०८२ वैशाख १४, आइतबार ११:२७