• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सेवानिवृत्त वा बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सम्पत्ति छानबिन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले सेवानिवृत्त वा बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सम्पत्ति छानबिन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको ।

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको एकल इजलासले यस्तो आदेश गरेको हो । सिंहले न्यायाधीशको सम्पत्ति विवरण माग्न नपाइने भन्दै सम्पत्ति छानबिन आयोगविरुद्ध अन्तरिम आदेश माग गरेका थिए ।