
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानबाट उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नाउपा र जनमत पार्टीबीच पार्टी एकिकरणको कार्यक्रम स्थल प्रज्ञा भवनलाई तोकिएको थियो । सोहि कार्यक्रममा गएका चौधरीलाई सादा पोशाकका प्रहरीले पक्राउ गरि डिल्लीबजार कारागारमा लगेको छ ।
उनी पक्राउ परेसँगै पार्टी एकिकरणको कार्यक्रम स्थगित भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताएका छन् । उनले पक्राउ गरेकोप्रति घोर भत्र्सना गर्दै कार्यक्रम स्थलमा आएका नेता कार्यकर्तालाई घर जान आग्रह गरेका छन् ।