• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

बञ्चरेडाँडा जाने काठमाडौंका २ सय फोहोर गाडी नुवाकोटमा रोकिए

काठमाडौं ।बञ्चरेडाँडा ल्यान्डफिल साइटतर्फ फोहोर बोकेर गएका काठमाडौं महानगरपालिकाका ट्रकहरू नुवाकोटका स्थानीयबासिन्दाले रोकिदिएका छन्।

करिब २ सय जति फोहोर बोकेको गाडी ककनी गाउँपालिका–१ मा स्थानीयले सडकमा ढुंगा, मुढा राखेर अवरोध गर्दै रोकिएको हो।स्थानीयले काठमाडौं महानगरपालिकामाथि आक्रोश व्यक्त गर्दै बालाजु क्षेत्रमा तरकारी बेच्न गएका नुवाकोटबासीहरूमाथि नगर प्रहरीले धरपकड गरेको आरोप लगाएका छन्।

‘हाम्रो क्षेत्रका नागरिकमाथि बल प्रयोग गरिन्छ, तर त्यही ठाउँको फोहोर बोकेर हाम्रो गाउँमा ल्याइन्छ, यो स्वीकार्य छैन,’ एक स्थानीयले बताए।महानगरका अधिकारीहरू स्थानीयसँग वार्तामा जुटिरहेका छन्। सामान्यतया, दैनिक करिब २ सय ट्रक फोहोर बञ्चरेडाँडा लैजाने गरिन्छ।