• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

विद्यालय शिक्षा विधेयक यही अधिवेशनमै पारित हुने घोषणा

काठमाडौं । सरकारले बहुप्रतीक्षित विद्यालय शिक्षा विधेयक यही संघीय संसद्को अधिवेशनमै पारित गर्ने घोषणा गरेको छ।

शुक्रबार संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा क्षेत्रको कानुनी र नीतिगत सुधारको प्रतिबद्धता जनाउँदै भने, “विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गरिने छ।”

उनले शिक्षा सुधारलाई संस्थागत गर्न आवश्यक कानुनी ढाँचा तयार गर्ने कार्य प्राथमिकतामा रहेको उल्लेख गरे।